Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

फाइभजी मोबाइल नेटवर्कको परीक्षण माघमा


काठमाडौं । नेपाट टेलिकमले फाइभजी मोबाइल नेटवर्कको परीक्षण आगामी माघ महिनाभित्र सुरु गर्ने भएको छ । टेलिकमले ७ वटै प्रदेशको एउटा /एउटा सार्वजनिक स्थानमा फाइभजी मोबाइल नेटवर्क परीक्षण गर्न लागेको हो ।

फाइभजी मोबाइल नेटवर्कको परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ड अर्यालले बताए । उनका अनुसार फाइभजी मोबाइल नेटवर्क सञ्चालनमा ल्याउनु अघि परीक्षण गर्न लागिएको हो ।

‘टेलिकमले अहिले भाइभजी मोबाइल नेटवर्क परीक्षणको मात्रै अनुमति पाएको छ,’ अर्यालले भने, ‘अत्यावश्यक पूर्वाधार तयार भएपछि मात्रै सर्वसाधारणले फाइभजी नेटवर्कको सेवा उपयोग गर्न पाउनेछन् ।’ उनले फाइभजी नेटवर्कको परीक्षण गर्ने अनुमति पाउन नै धेरै समय लागेकाले यसको परीक्षणमा पनि ढिलाइ भएको बताए ।

टेलिकमले २०७८ साल कार्तिक अन्तिम साता नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट फाइभजी मोबाइल नेटवर्क परीक्षण गर्ने अनुमति पाएको थियो । ‘मोबाइल नेटवर्क प्रणालीलाई पनि एकिकृतरूपमा अगाडि बढाएर माघभित्र फाइभजी नेटवर्क लञ्चिङ गर्न लागिरहेका छौं । दुरसञ्चार प्राधिकरणले फाइभजी नेटवर्क सञ्चालनको पूर्ण अनुमति नदिँदासम्म यो परीक्षणको चरणमा रहनेछ’ उनले भने ।

फाईभ जी पाँचौं पुस्ताको मोबाइल प्रविधि हो जसले १ ‘जीबीपिएस’को अल्ट्राफास्ट पिक डाटा स्पीड प्रदान गर्दछ । उच्च मोबाइल ब्रोडब्यान्ड गति भएको प्रणालीले केहि सेकेन्डमा अल्ट्रा एचडी चलचित्र डाउनलोड गर्न अनुमति दिई इन्टरनेट सेवामा उच्च विश्वसनीयता सुनिश्चित गर्दछ ।

दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई कुन ‘फ्रिक्वेन्सी’मा फाइभ जी सेवा सञ्चालन गर्न दिने भन्ने निर्णय गर्नेछ । (एनटीए)ले ७०० ‘मेगाहर्ज’ देखि २६ ‘गीगाहर्ज’ सम्मको फ्रिक्वेन्सीमा उन्नत इन्टरनेट सेवा सञ्चालन गर्न अध्ययन भइरहेको छ ।

माघ महिनामा गरिने सुरुवाती परीक्षण पश्चात क्रमिक रूपमा सातवटै प्रदेशका न्यूनतम एक/एक स्थानमा फाइभजी सेवाको परीक्षण गर्ने तयारी रहेको टेलिकमका प्रबन्धक निर्देशक सुनिल पौडेलले बताए । उनले सबै प्रदेशमा गरिने परीक्षणले सेवाग्राहीका लागि फाइभजी मोबाइल नेटवर्क सेवाको सम्भावित स्वरुप निर्धारण गर्न सहयोग मिल्ने बताए ।

‘फाइभजी नेटवर्क परीक्षणबाट भविष्यमा यो सेवालाई कसरी स्थापित गर्न सकिन्छ भनी मार्ग पहिचान गर्न सहज हुनेछ’ पौडेलले भने । नेपालमा अहिले फाेरजी नेटवर्क सञ्चालनमा छ । याे सेवा सन् २०१७ काे जनवरीबाट सुरु भएकाे हाे । दुरसञ्चार प्राधिकरणका अनुसार फोरजी सेवा देशभरका ६५४ स्थानीय तहमा पुगेकाे छ ।

कूल जनसंख्याकाे  ८५ प्रतिशत नागरिकले फाेरजी सेवा उपयाेग गरिरहेकाे टेलिकमकाे दाबी छ । करिब ७५ प्रतिशत जनसंख्याले फोरजी सपोर्टिभ उपकरणहरू प्रयोग गर्छन् ।


Read Previous

पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     

Read Next

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

Leave a Reply

Your email address will not be published.