Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मंसिरभित्रै जनगणनाको अन्तिम प्रतिवेदन, देशभर एकैपटक पुर्याउन एप्स विकास गरिँदै


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले मंसिर अन्तिमसम्ममा जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । ‘ढिलोमा पनि पुस पहिलो हप्तासम्ममा अन्तिम प्रतिवेदन सार्वजनिक गरिनेछ’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने ।

एप्समार्फत तथ्याकं सार्वजनिक गर्ने तयारी छ । केन्द्रले सार्वजनिक गरेकै दिन सबैले अनलाइनमार्फत तथ्याकं हेर्न सक्ने गरी एप्सको विकास गर्ने तयारी भइरहेको छ ।

कोडिङको काम सम्पन्न भइसकेको छ । विभागले तथ्यांक प्रविष्ट गर्ने काम थालनी गरिसकेको छ । ‘महिना दिनभित्र तथ्यांक प्रविष्ट गर्ने काम पनि सम्पन्न गरिनेछ’ विभागका उपमहानिर्देशक डिल्ली जोशीले भने ।

अधिकतम प्रयोग हुने गरी तथ्यांक ल्याउन सुझाव माग

केन्द्रिय तथ्यांक विभागले अधिकतम प्रयोग हुने गरी तथ्यांक ल्याउनको लागि सबै सराकारवालासाग सुझाव माग गरेको छ । विहीबार जनगणनाको तथ्यांक प्रयोसम्बन्धी गोष्ठिमा उपमहानिर्देशक जोशीले सबै क्षेत्र, वर्ग, समुदायलाई उपयोगी हुने गरी सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसालले आसन्न जनगणनाको प्रतिवेदनले संघ, प्रदेश र स्थानीय तहमा योजना निर्माण गर्न महत्वपूर्ण हुने बताए ।

 

केन्द्रिय जनसंख्या अध्ययन विभाग प्रमुख प्रा.डा.योगेन्द बहादुर गुरुङले तथ्यांकको अधिकतम प्रयोग हुने व्यवस्था गर्नुपर्ने र सबैले प्राप्त गर्न सक्ने हुनुपर्नेमा जोड दिए । ‘माइक्रो डेटा उपलब्ध नभएसम्म तथ्यांकको अधिकतम प्रयोग हुदैन’ उनले भने । धेरै प्रयोग नभएको अवस्थामा तथ्यांकको गुणस्तरमा पनि प्रश्न उठ्नेछ । वैदेशिक बराइसराइको प्रत्यक्ष असर आन्तरिक बसाइसराइमा परिरहेको छ ।

जनसंख्या अध्ययन विभागका प्राध्यापक केशवप्रसाद अधिकारीले स्थानीय निकायसम्म तथ्यांकको प्रयोगबारे प्रयत्न गर्ने अपेक्षा रहेको बताए ।

तथ्यांक विभागले संघीय, प्रदेश र स्थानीय तहमा गरी छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गर्नेछ । यसवाहेक क्षेत्रगत र विषयगत प्रतिवेदन पनि सार्वजनिक गरिनेछ । स्थानीय तहको लागि सामाजिक आर्थिक सूचक निकाल्ने तयारी छ । ‘यसले स्थानीय तहलाई आफ्नो योजना निर्माण गर्न सजिलो हुनेछ’ निर्देशक लामिछानेले भने ।

२०८० को असारसम्ममा सबै प्रकारका प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ । जनगणनाले मानिसको संख्या मात्र नभइ ५० वटा सूचक प्राप्त हुनेछन् । यस पटक पहिलो चोटी के कारणले मृत्यु भयो भन्ने कारण पनि खोजी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनसंख्या महाशाखाका निर्देशक कपिल तिमल्सिनाले जनगणनाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । जनगणनामा आउने भनको आकार प्रकार, संख्या र विशेषता हो । तथ्यांक प्रयोग जनताले चाहेको र खोजेको विषय महत्वपूर्ण हुन्छ । धेरै प्रयोग भयो भने राम्रो हुनेछ । मातृ मृत्युदर र त्यसका कारणबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिदैछ । अहिलेसम्म अनुमानको आधारमा तथ्यांक भन्दै आएका थियौं ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) का जनगणना संयोजक निकोलस म्याकटर्कले संघीय संरचनामा गएपछि तथ्यांकको ठूलो अभाव रहेको र त्यसलाई पूरा गर्न यस पटकको जनगणनाले सहयोग पुग्ने बताए ।


Read Previous

नेपाल पूर्वाधार सम्मेलन २०२२: पूर्वाधार विकासमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक

Read Next

दक्षिण एसियाको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय कनेक्टिभिटी महत्त्वपूर्ण

Leave a Reply

Your email address will not be published.