Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

दक्षिण एसियाको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय कनेक्टिभिटी महत्त्वपूर्ण


काठमाडौं। मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय सञ्जाल सञ्चालनमा राम्रो सम्भावना जानकारहरूले बताएका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारबाट राजधानीमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको चौंथो संस्करणको दोस्रो सेसनमा सहभागी वक्ताहरूले तत्काल मुलुकको ऊर्जा, पर्यटन र कृषि उत्पादन निर्यातमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले कनेक्टिभिटी बिना विकासले गति लिन नसक्ने बताए । कृषि जलस्रोत र पर्यटन क्षेत्रकालागि यसको आवश्यकता रहेको उनले बताए । उनले हवाई, जल, स्थलसँगै रेल सन्जालको आवश्यकता रहेको बताए ।

‘एउटा मात्र मुलुकको विकासले विश्व आर्थिक रूपमा मजबुत हुन सक्दैन । क्षेत्रीय कनेक्टिभिटी अगाडि बढाउन आवश्यक छ । सागैका मुलुकको हातेमालोले समग्र अर्थतन्त्र सुदृढिकरण हुन सक्छ । त्यसका लागि क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटी बढाउन पनि उत्तिकै आवश्यक छ’ उनले भने

हाल ४० मुलुकसँग दुई तर्फी हवाई उडान सम्झौरा गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए । एउटा मात्र हवाई विन्दु भएका कारण महेन्द्र नगर, नेपालगन्ज र भैरहवा प्रवेश विन्दु सञ्चालनमा ल्याउन भारतसँग छलफल सुरु गरेको उनले जानकारी दिए । नेपाललाई १२ महिना नै पर्यटकीय गन्तब्यको रूपमा ल्याउन लागि परेको उनको भनाइ छ ।

पछिल्लो समय दक्षिण एसिया क्षेत्रमा रहेका अधिकांश मुलुकमा पुर्वाधार विस्तारका लागि लगानी वृद्धि हुँदै आएको बोर्ड अफ डाइरेक्टर्स पार्टनरसिप फर ट्रान्स्प्यारेन्सीका प्रतिनिधी रजत नागले बताए । रिजनल कनेक्टीभीटीका लागि नेपाल सँग जोडीएका विभिन्न मुलुकको सिमा क्षेत्र लचिलो हुन आवश्यक रहेको उनले बताए ।

‘क्षेत्रीय व्यापारमा ठूलो सम्भावना छ। पूर्वाधारतर्फ यतिखेर मल्टी मोडल यातायातको अभाव छ । अहिलेको मुख्य आवश्यकता भनेको सडक र जलमार्ग ‍मजबुत बनाउनु हो । सडकमार्गबाटै ७० प्रतिशत सामान ढुवानी हुँदै आएको छ । अधिकांश ट्रकले प्रतिघण्टा ३० किलोमीटर दुरी पार गर्दै आएको हुन्छ’ नागले भने। भारतीय सिमा क्षेत्रमा दैनिक ७५० ट्रक र बंगलादेश सिमामा दैनिक तीन सय ५० मालवाहक ट्रकको नीरिक्षण हुँदै आएको उनले जानकारी दिए ।

हाल सडकमार्ग, ऊर्जा र प्रविधी विकासमा सहयोग गर्दै आएको विश्व बैंकले नेपालका लागि क्षेत्रीय कनेक्टीभीटी अतिआवश्यक रहेको निर्देशक सेसील फ्रम्यानले बताइन् । नेपालसँग स्थलगत मार्गबाट जोडिएका मुलुकमा सहजै मालवाहक गाडीको आउ–जाउको व्यवस्था आवश्यक रहेको उनले बताइन् ।

‘क्रस बोर्डर ट्रेडका लागि दक्षिण एसियाली क्षेत्रले ठूलो सम्भावना बोकेको छ । यसका लागि नेपाल र भारतबीच आउ–जाउ गर्ने मालबाहक गाडीलाई सहज व्यवस्थापन गरिदिनुपर्छ।’ निर्देशक फ्रम्यानले भनिन्,’हामीले यही कुरा मध्यनजर गर्दै बोर्डर एण्ड बोर्डर इन्फ्रास्ट्रक्चर, उड्डयन, जल मार्ग, डिजीटलाइजेशन, क्लाइमेट चेन्ज लगायतमा वित्तीय सहयोग गर्दै आएका छौं’ ’

विश्व बैंकले नेपाल–बंगलादेश आवत–जावत सहजताका लागि १.२ बिलियन अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले बताइन्। विश्वबजारमा माग आइरहेको ऊर्जा विस्तारका लागि बैंकले सन् २०१५ देखि सन् २०३० सम्मका लागि २२६ बिलियन अमेरिकी डलर वित्तीय साहयता गरेको उनले बताइन्। क्रस बोर्डर विस्तारका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन्।

वरिष्ठ अर्थशास्त्री थियम ही एनजीले नेपाल बौद्ध धर्मावलम्बीको केन्द्रविन्दु भएका कारण पर्यटन क्षेत्रमा अव्वल सम्भावना रहेका कारण एसियाली विकास बैंकले हाल ऊर्जा, यातायात, उड्डयन क्षेत्रमा वित्तीय सहयोग गर्दै आएको बताए।

‘क्षेत्रीय विकासका लागि हामी आफ्नोतर्फबाट लागि परिरहेका छौं । हामीले नेपालमा ऊर्जा र यातायातमा वित्तीय साहयता दिँदै आएका छौं । क्षेत्रीय कनेक्टीभीटीसँगै व्यापार व्यवसायका लागि नेपालमा ठूलो सम्भावना छ।’ उनले भने,’नेपाल ऊर्जा र पर्यटन उत्पादनको मुख्य गन्तव्य हो।’

मुलुकको पर्यटन क्षेत्र पुनर्उत्थान र विस्तारका लागि क्षेत्रीय सञ्जालको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पेर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी  थापाले बताइन्। ‘कोभिड–१९ महामारीपछि अहिले विस्तारै पुरानो लयमा फर्किएको मुलुकको पर्यटन क्षेत्रका लागि एयर कन्क्टीभीटी, होटल, रेपष्टुरेण्टको भूमिका महत्त्वपूर्ण छ,’ उनले भनिन्,‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा पनि सञ्चालनमा आउने तयारीमा छ । यसमार्फत एयर कनेक्टीभीटी थप प्रभावकारी हुनेछ । बोर्डले पनि नयाँ गन्तव्य पहिचान अभियानलाई अगाडि बढाउँदै आएको छ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ४ वर्षमा मुलुकको विद्युत जडित क्षमता २३ हजार मेगावाट पुग्ने बताए । उनले भारत र बंगलादेशसँग प्रसारण कनेकेटीरभीटीको सम्भावना रहेकाले भविश्यमा संरचना निर्माण गरी अन्तरदेशीय विद्युत व्यापारको थालनी गर्ने योजना रहेको बताए।

‘नेपालको प्रसारण कनेक्टीभीटीका लागि भारत र बंगलादेश नै विदुत बिक्री गर्ने प्रमुख बजार हुन् । हामीले गत महिना मात्र बंगलादेशका प्रतिनीधीसँग भेटेर विद्युत व्यापारका सम्बन्धमा दुई पक्षिय सम्झौताबारे कुरा गरेका छौं’ घिसिङले भने।

जलविद्युत उद्यमी तथा नेपाल उद्योग परिसंघको ऊर्जा परिषदका सभापति ज्ञानेन्द्रलाल प्रधानले नेपालमा भएको ऊर्जा बिक्रीका लागि भारत र बंगलादेश नै प्रमुख बजार रहेको बताए।

ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण क्षमता विस्तारमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गतको अनुदान सहायता लगानी हुन लागेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल)का प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले बताए । एमसीसी अन्तर्गतको प्रसारण लाइन परियोजना निर्माण हुँदा नेपालमा उत्पादन भएको विद्युत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने संरचना तयार हुने बताए ।

नेपाल पूर्वाधार सम्मेनको चौंथो संस्करण बिहीबारबाट राजधानीको सोल्टी होटलमा सुरु भएको छ । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।


Read Previous

मंसिरभित्रै जनगणनाको अन्तिम प्रतिवेदन, देशभर एकैपटक पुर्याउन एप्स विकास गरिँदै

Read Next

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक

Leave a Reply

Your email address will not be published.