Nepal Purbadhar

साढे १० करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने माथिल्लो तामाकोशीकाे प्रस्ताव स्वीकृत, काे काे भए सञ्चालक ?


काठमाडौ । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडले साढे १० करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारणासभाले स्वीकृत गरेकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार, शुक्रबार सम्पन्न १४ औं साधारणसभाले १० करोड ५९ लाख अर्थात १ बराबर १ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड हुनेछ ।

साधारणसभामा कम्पनीका अध्यक्ष समेत रहेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी विभिन्न जलविद्युत आयोजना निर्माण गर्ने जानकारी दिए ।

सर्वसाधारण शेयरधनी समुहबाट ४ सञ्चालक निर्वाचित

साधारणसभाले कम्पनीको सर्वसाधारण शेयरधनी समुहबाट ४ सञ्चालक निर्वाचित गरेको छ । महिलातर्फ सृजना सुवेदी निर्विरोध निर्वाचित भएकी छन् । अन्य तीन जनामा राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की रहेका छन् ।


Read Previous

‘देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई दिनुपर्छ’

Read Next

सडक विभागका २९४ ठेक्का रुग्न, १० वर्षअघिका १० ठेक्का अझै सम्पन्न भएनन्