Nepal Purbadhar

रास्वपा महाधिवेशनः स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता र शिशिर शीर्ष तीनमा


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। खुलातर्फ स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्दै पहिलो भएका छन्।

उनपछि सोविता गौतमले दुई हजार ६४१ र शिशिर खनालले दुई हजार ५३८ मत प्राप्त गरेका छन्। त्यसैगरी सागर ढकालले दुई हजार ३७६, तोसिमा कार्कीले दुई हजार ३०२, रञ्जु दर्शनाले दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ मत प्राप्त गरेका छन्।

यस्तै विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेलले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेका छन्।

त्यसैगरी रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेलले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ र लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरेका छन्।

यसैबीच समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच-पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।


Read Previous

एआईदेखि रोबोटिक्सका परियोजनाको प्रदर्शनी शुरू, विद्यार्थीलाई लगानीकर्तासँग जोड्ने लक्ष्य

Read Next

छ अर्ब लागत अनुमान गरिएको जालपादेवी केबलकार, बन्न सक्छ समृद्ध सुदूरपश्चिमको नयाँ आधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar