
काठमाडौं । सिईडिबि होल्डिङ्स लिमिटेडले सञ्चालक पदमा परिवर्तन गरेको छ।
कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सुमन काफ्लेको स्थानमा गोपाल प्रसाद रौनियारलाई नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गरेको सूचनाअनुसार रौनियारको नियुक्ति असार ११ गतेदेखि नै लागू भएको छ।
सिईडिबि होल्डिङ्सले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको पदमा रौनियारलाई नियुक्त गरिएको जनाएको छ।

