Nepal Purbadhar

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य पदका लागि मतदान सम्पन्न, आजै नतिजा आउने


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार आज राति १२:३० बजे शुरू भएको मतदान अहिले दिउँसो १२:३० बजे सम्पन्न भएको हो ।

रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ ।

विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा शरू भएको हो ।


Read Previous

दाङका १० स्थानीय तहको बजेट १० अर्ब १६ करोड, कन स्थानीय तहको बजेट कति?

Read Next

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar