Nepal Purbadhar

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो


काठमाडौं। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको बताइएको छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले रसुवालगायत प्रभावित क्षेत्रमा हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको छ। जोखिमलाई ध्यानमा राख्दै रोगको रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।


Read Previous

उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन

Read Next

देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज निर्माण तीव्र- (तस्बीरहरू सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar