Nepal Purbadhar

भारतीय उद्योगीसँग अर्थमन्त्रीको छलफल, आर्थिक क्षेत्रमा सहकार्यका सम्भावनाबारे बहस


नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतका प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग नेपालमा लगानी, व्यापार तथा आर्थिक सहकार्यका विषयमा छलफल गरेका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भारतीय उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा कुराकानी गरेका हुन्।

छलफलमा सीआईआईका पूर्वअध्यक्ष तथा आईटीसी लिमिटेडका अध्यक्ष एवं प्रबन्ध निर्देशक सञ्जीव पुरी, सीआईआई हेल्थकेयर काउन्सिलका अध्यक्ष तथा ग्लोबल हेल्थ लिमिटेड (मेदान्ता) का अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. नरेश त्रेहान सहभागी थिए।

त्यस्तै, सीआईआई युरोप काउन्सिलका सह-अध्यक्ष तथा जेबीएम अटो लिमिटेडका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक निशान्त आर्य, एनएचपीसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ता, वरुण बेभरेजेजका संस्थापक अध्यक्ष रविकान्त जयपुरिया र राइट्स (RITES) का अध्यक्ष एवं प्रबन्ध निर्देशक राहुल मिथल पनि छलफलमा सहभागी थिए।

छलफलमा ज्याक्सन डिस्ट्रीब्युटेड इनर्जीका सीईओ सुधांशु पोखरियाल, जीएमआर इनर्जीका सीओओ मनोजकुमार दीक्षित, डाबर इन्डिया लिमिटेडका कार्यकारी निर्देशक अभिषेक जुगरान, कोका-कोला इन्डिया तथा दक्षिण-पश्चिम एसियाकी उपाध्यक्ष देवयानी राणा र पन्जाब नेसनल बैंकका कार्यकारी निर्देशक एम. परमासिवम पनि सहभागी थिए।

नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, स्वास्थ्य, उत्पादन तथा अन्य आर्थिक क्षेत्रमा सहकार्यका सम्भावना बढिरहेका बेला भएको यो छलफललाई दुई देशका निजी क्षेत्रबीचको सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।


Read Previous

नेपालले भदौमा ५ अर्बभन्दा बढीको बिजुली भारतलाई बेच्यो

Read Next

काँसका फूलले छोपिँदै राजधानीका डाँडाकाँडा- तस्बीरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar