Nepal Purbadhar

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कुनदेशका लागि को प्रस्तावित?


काठमाडौं। सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन-अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापा सिफारिस भएका छन्।

यस्तै बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धान गरेका र नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो।

राजदूतका लागि सिफारिस भएका नाम अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट ‘एग्रिमो’ लिने प्रक्रिया अघि बढ्नेछ। त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।

१३ देशका लागि सिफारिस गरिएका राजदूत

क्र.सं.देशप्रस्तावित राजदूत
भारतडा. निश्चलनाथ पाण्डे
चीनडा. कल्याणराज शर्मा
अमेरिकाचिरनजंग थापा
बेलायतगौरवशम्शेर जबरा
जापानजिग्यान कुमार थापा
इजरायलसुरेशकुमार कर्ण
स्पेनप्राप्ति शेरचन
जर्मनीशरू जोशी
ओमानडा. पद्माक्षी राणा
१०मलेसियाचूडामणि खरेल
११दक्षिण कोरियाप्रा. डा. सङ्गम श्रेष्ठ
१२श्रीलंकाडा. मञ्चल झा
१३ साउदी अरेबियागिरीबहादुर सुनार

Read Previous

स्वास्थ्य बीमाअन्तर्गत जेठमा १ अर्ब ४५ करोडभन्दा बढी भुक्तानी

Read Next

प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त, को हुन उनी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar