
चितवन। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा माटो कटानको काम गरिने भएको छ।
सडक डिभिजन कार्यालयका अनुसार भोलि भदौ २२ गतेदेखि पृथ्वी राजमार्ग सुचारु नभएसम्म तुइन खोला क्षेत्रमा सडक आंशिक रूपमा बन्द गरेर माटो कटान गरिनेछ।
कृष्णभिरमा सडक अवरुद्ध भएको अवस्थामा नारायणगढ-मुग्लिन सडकखण्डमा समेत जोखिमयुक्त क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण तथा माटो कटानको काम अघि बढाउन लागिएको हो।
माटो कटानका क्रममा सडकमा सवारी आवागमन प्रभावित हुने भएकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

