Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

हरित, जलवायु लचक र समावेशी विकासको लागि विश्व बैंकको १० करोड डलर सहयोग


काठमाडौं । विश्व बैंकको सञ्चालक समिति (कार्यकारी निर्देशक बोर्ड) ले नेपालको हरित, जलवायु लचक र समावेशी विकासका लागि १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले उल्लेखित तीन वटा क्षेत्रको लागि पहिलो श्रृखलाअन्तर्गत विकास नीति ऋण सहयोग गर्ने भएको हो ।

‘कोभिड १९ महामारीको विस्तार भइरहेको अवस्थामा, विश्व बैंकले नेपाल सरकारलाई महत्वपूर्ण सहयोग पुग्ने गरी यो कार्यक्रम केन्द्रित गरेको छ । यसले सरकारलाई अझ बढी हरित, बढी समावेशी र लचिलो विकासको मार्गमा अघि बढ्न सहयोग पुग्नेछ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने । यस कार्यक्रमले पानी, भुमि उपयोग, कृषि, वन, सहरी विकास, फोहोरमैला व्यवस्थापन र प्रदुषणको क्षेत्रमा सहयोग पुग्ने विश्व बैंकको विश्वास छ ।

यस सहयोगले नेपालको हरित, जलवायु लचक र समावेशी विकासको क्षेत्रलाई सहयोग पुग्नेछ । यसमार्फत प्राकृतिक पुँजीको दीर्घकालीन र उत्पादनमूलक प्रयोग हुनेछ । त्यस्तै, सहरी र ग्रामीण पूर्वाधार, मानव पुँजी र जनजीविकादेखि जलवायुसम्म समेटेको छ । यसले वातावरणीय जोखिम घटाउन र सफा वातावरणमा हुने उत्पादन, खपत र आवातजावतको लागि सहयोग पुग्नेछ ।

यो सहयोगले समावेशी र विकास सम्बन्धी निर्णय लिने क्षमतालाई अझ बढी तर्कशील बनाउनुको साथै सुधार गर्न सहयोगी हुनेछ । त्यस्तै, निजी लगानीलाई प्रोत्साहित गर्न र हरित अर्थतन्त्रमा आधारित काम र जीवन निर्वाह गर्न सहयोग पुग्नेछ । उदाहरणको लागि सामुदायिक वन, कृषि, सफा हावा र फोहोर व्यवस्थापनमा यस्ता संभावना खुल्नेछन् ।

नेपालले हरित, जलवायु लचक र समावेशी विकासतर्फ अघि बढ्नु भनेको यो चुनौतिपूर्ण अवस्थामा लिइएको रणनीतिक र पूर्ण अवसरको बाटो पनि हो । यो कदमले नेपाललाई अझ बढी प्रगति गर्नको लागि सहयोग गर्नेछ । साथै गरिबी घटाउन सहयोग पुग्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका दीगो विकास क्षेत्रका नेता तथा यस सहयोग कार्यक्रमका टीम लिडर स्टिभ डान्योले बताए ।


Read Previous

पूर्वाधार आयोजनाको काम अधुरो छोड्ने क्रम बढ्दै

Read Next

जलविद्युत र सौर्य ऊर्जापछि अपि पावरको लगानी अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनमा

Leave a Reply

Your email address will not be published.