Nepal Purbadhar

दानबहादुर कार्कीको मुद्दामा कारण माग्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो


काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ। सर्वोच्चले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउनुको कारण खुलाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। कार्कीले आफूलाई प्रहरी महानिरीक्षककै रूपमा काम गर्न दिन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

कार्कीका तर्फबाट बुधबार बहस गरेका कानुन व्यवसायीहरूले सरकारलाई चित्त नबुझेको आधारमा मात्रै प्रहरी महानिरीक्षकलाई पदबाट हटाउन नमिल्ने तर्क गरेका थिए।

मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।


Read Previous

विश्व बैंकका सिस्लेन र मन्त्री श्रेष्ठ बिच विद्युत् उत्पादनदेखि प्रसारणसम्म सहकार्यबारे छलफल

Read Next

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो भोटेकोशी पावर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar