Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

जलविद्युत र सौर्य ऊर्जापछि अपि पावरको लगानी अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनमा


काठमाडौं । जलविद्युत र सौर्य ऊर्जाको क्षेत्रमा सफल लगानीकर्ता मानिएको अपि पावर कम्पनीले अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादन गर्ने उद्योगमा पनि लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न जिल्लामा ५० मेगावाट विद्युत खपत हुने गरीका हरित हाइड्रोजन तथा एमोनिया उत्पादन गर्ने उद्योगमा लगानी गर्न लागेको हो ।

पहिले नै निर्माण निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका जलविद्युत आयोजनाको विद्युतगृहबाट निकास हुने पानी उपयोग हुने गरी हरित हाइड्रोजन उद्योग स्थापना गर्ने योजना रहेको कम्पनीमा प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । उनका अनुसार सुरुवातमा दार्चुलामा सञ्चालित साढे ८ मेगावाटको नौगाढ जलविद्युत केन्द्रको टेलरेसबाट निस्कने पानीको उपयोग गरी १ मेगावाट विद्युत खपत गर्ने पहिलो हरित हाइड्रोजन उद्योग स्थापना गरिने छ ।

‘जलविद्युत र सौर्य ऊर्जा उत्पादनसँगै विद्युत खपत बढाउन तथा आयातित ऊर्जा प्रतिस्थापन गर्न हरित हाइड्रोजन अहिलेको आवश्यकता ठानेर यो क्षेत्रमा लगानी गर्ने निर्णयमा हाम्रो कम्पनी पुगेको हो,’ उनले भने, ‘ऊर्जामा आत्मनिर्भर हुनका लागि कसै न कसैले त यो कदम चाल्नै पर्ने देखेर लगानीको जोखिम लिन लागेका छौं ।’

दार्चुलामा १ मेगावाटको हरित हाइड्रोजन उद्योगलाई ‘डेमो’को रूपमा स्थापन गरी सञ्चालनमा ल्याउने र अन्य जिल्लामा पनि थप उद्योगहरू स्थापना गर्दै लगिने उनले बताए । सन् २०२५ भित्र ५० मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन उद्योगहरू स्थापना गरी सक्ने कम्पनीको लक्ष्य छ ।

उनले हरित हाइड्रोजन उद्योग स्थापना गर्न भारतको ग्रिनजो इनर्जी कम्पनीसँगको सहकार्यमा गरिने बताए । अपि र ग्रिनजो कम्पनीबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर हुँदैछ । अपि र ग्रिनजोबीच पेम प्रविधिमा आधारित इलेक्ट्रोलाइजरको उपयोगको माध्यमबाट हरित हाइड्रोजन उद्योग सञ्चालन गर्न समझदारी हुन लागेको हो ।

५० मेगावाटको हरित हाइड्रोजन प्लान्ट जडान गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । ५० मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापना गर्दा वार्षिक ४ हजार मेट्रिकटन हरित हाइड्रोजन उत्पादन गर्न सकिने अध्ययनले देखाएको न्यौपानेले बताए ।

उनले नेपालमै हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी यहाँका उद्योगहरूमा बिक्री वितरण गरिने बताए । नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भावना देखेर नै काम गर्न लागेको ग्रिनजो इनर्जीका अध्यक्ष सन्दीप अग्रवालले बताए । उनले हरित हाइड्रोजनको उपयोग उद्योगसँगै इन्धनकोरूपमा पनि गर्न सकिने हुँदा अहिले नै लगानी गर्नुपर्ने समय आएको बताए ।

ग्रिनजो इनर्जीले भारतमा २५० मेगावाट विद्युत खपत हुने हरित इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योगमा पनि लगानी गर्दैछ । सन् २०२५ सम्ममा ४ अर्ब भारु लगानी गर्ने कम्पनीको लक्ष्य छ ।

अपि पावरले निर्माण गरेका साढे ८ मेगावाटको नौगाढ, ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत केन्द्र सञ्चालनमा छन् । दार्चुलामा नै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणाधीन छ । ६ मेगावाटका ३ वटा सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका छन् ।


Read Previous

हरित, जलवायु लचक र समावेशी विकासको लागि विश्व बैंकको १० करोड डलर सहयोग

Read Next

इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा ८४ जना इञ्जिनियरले गरे रक्तदान (फोटो फिचर)

Leave a Reply

Your email address will not be published.