Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

तामाकोसीको विद्युतगृह १० घन्टा बन्द हुने, जलाशय र सेटिलिङ बेसिनकाे फ्लसिङ गरिने


काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिका-१ को गोंगरमा सञ्चालित देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको विद्युत उत्पादन १० घन्टाका लागि बन्द गरिने भएको छ । जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिङ (बालुवा थिग्राउने पोखरी) को फ्लसिङ गर्न आगामी आइबार (असार ५ गते) विद्युत उत्पादन बन्द हुने भएको हो ।

जलाशय र सेटलिङ बेसिमा जम्मा भएको बालुवा, पानीमा बगेर आएका काठका टुक्रालगायत फोहोरको फ्लसिङ गरेर सफाई गर्ने अवधिभर जलविद्युत केन्द्रको विद्युतगृह बन्द हुनेछ । आइतबार बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म संरचनाको फ्लसिङ कार्य गरिने जलविद्युत केन्द्रले शुक्रबार सूचना सार्वजनिक गरी जानकारी गराएको छ ।

जलविद्युत केन्द्रका अनुसार फ्लसिङ अवधिभर तामाकोसी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने गोंगर, जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोसी नदी दोभानसम्म पानीको सहत बढ्ने छ । ‘जलाशय र सेटलिङ बेसिनको फ्लसिङ अवधिभर विद्युत उत्पादन बन्द हुने हुँदा तामाकोसी नदीको तल्लो तटिय क्षेत्रमा पानीको सतह क्रमश बढ्दै जानेछ,’ सूचनामा भनिएको छ,‘त्यसकारण यो अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ नुहाउन लैजाने कार्य नगर्न अनुरोध गरिन्छ ।’

जलविद्युत केन्द्रले यो अवधिमा नदीबाट गिटीबालुवा निकाल्ने कार्य नगर्न तथा मृत्यु भएका व्यक्तिको दाहसंस्कार एवं अरु कुनै धार्मिक संस्कार गर्नु परेको अवस्थामा पनि सावधानी अपनाउन आग्रह गरेको छ । फ्लसिङ कार्य सकिएपछि पुनः तामाकोसीको पानी उपयोग हुन थालेपछि नदीमा पानीको सतह कम हुँदै जाने पनि सूचनामा जनाइएको छ ।

माथिल्लाे तामाकाेसीले सार्वजनिक गरेकाे सूचना


Read Previous

शनिवारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० बक्ता सहभागी हुने

Read Next

नेपाल उद्योग परिसंघ र ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सहकार्य गर्ने समझदारी

Leave a Reply

Your email address will not be published.