Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)


काठमाडौं । सरकारले भाडा घटाएको हप्ता दिनमै अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (२७ जेठ) देखि कार्यान्वयन हुने गरी भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा २.५ प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ १ हजार रुपैयाँ भाडा लाग्थ्यो भने अब १ हजार २५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ३.३ प्रतिशतले वृद्धि भएको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.७ प्रतिशतले भाडा वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५% वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ ।

त्यसैअनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको २६ जेठमा डिजेलको बजार मूल्य १५३ रुपैयाँ प्रति लिटरमा १२ रुपैयाँ वृद्धि भई अहिले बजार १६५ रुपैयाँ प्रति लिटर कायम भएको छ । यो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मुल्यभन्दा ७.८४ प्रतिशत बढी भएकोले भाडादर वृद्धि गर्नुपरेको विभागका भनाइ छ ।

यातायात व्यवस्था विभागले वृद्धि गरेको भाडादर दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

कहाँ कतिले बढ्यो भाडा ? (तलको लिंकमा क्लिक गर्नुहोस्)

अन्तरप्रदेशभाडादर 2079.02.27


Read Previous

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

Read Next

नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न अब ४७ प्रतिशत बाँकी

Leave a Reply

Your email address will not be published.