Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

एक महिनामै नेपाल भित्रिए साढे ५३ हजार पर्यटक


काठमाडौं ।
सन् २०२२ को मे मा ५३ हजार ६ सय ८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा अप्रिल भन्दा ४६ सय पर्यटक कम आएका छन् ।अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटकले नेपालमा भ्रमण गरेका थिए ।
सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार, दोस्रो महिना फेब्रुअरीमा २० हजार, मार्च महिनामा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले
नेपाल भ्रमण गरेका थिए भने मेमा ५३ हजार ६ सय ८ ले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

भारतबाट २६ हजार ६ सय, दोस्रोमा अमेरिकाबाट ७ हजार २ सय ७४ र तेस्रोमा बंगलादेशबाट ३ हजार २ सयले नेपाल भ्रमण गरेका थिए । सार्कबाट ३० हजार ५ सय , यूरोपबाट ६ हजार ८ सय, अमेरिकन क्षेत्रबाट ४ हजार १ सय, आसियानबाट, २ हजार २ सय ३०, पर्यटककले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

कोभिड–१९ कारण पर्यटक आगमनमा गिराबट आएको थियो । सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको बोर्डले जनाएको छ ।


Read Previous

उद्योग परिसंघले ‘समर टुरिजम क्याम्पेन’ शुभारम्भ गर्याे

Read Next

स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published.