Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

एनएमबी बैंकद्वारा सूदुर पश्चिम र कर्णालीका गाउँमा साढे ५ हजार बढी सुधारिएको चुलो वितरण


काठमाडौं । एनएमबी बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेसन (एसएनभी) सँगको सहकार्यमा सूदुरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण दुर्गम गाउँमा सुधारिएको चुलो वितरण गरेको छ । यी प्रदेशका ग्रामीण जनताको जीवनस्तर सुधार गर्न ५ हजार ७ सय २८ वटा सुधारिएको चुलो वितरण गरिएको हो ।

एसएनभीको ‘रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजना अन्तर्गत विद्युतको कम पहुँच भएका यी प्रदेशका दुर्गम गाउँमा सुधारिएको चुलो वितरण गरिएको बैंकले जनाएको छ । बैंकले एसएनभीसँग मिलेर परियोजनाका लागि कोष व्यवस्थापककोरूपमा काम गरेको छ ।

दाउराको खपत घटाई वन जंगलको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले ग्रामीण भेटमा सुधारिएको चुलो वितरण गरिएको बैंकले जानकारी दिएको छ । चुलो वितरणपछि दुर्गम गाउँमा भान्छामा काम गर्ने महिलाको स्वास्थ्यमा धुवाँका कारण आउने समाधान भएर जाने अपेक्षा परियोजनाले लिएको छ । साथै, वायु प्रदुषणमा समेत नियन्त्रण भई आगलागीका घटना न्युनिकरण हुने र दम, खोकी जस्ता स्वास्थ्य समस्यामा पनि कमी आउने विश्वास लिइएको छ ।

बैंकको लघुवित्त विभागले एसएनभी सँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ । एकसाथ अन्य विभिन्न परियोजनामा पनि सहकार्य गरी सेवामुलक काम बैंकले गर्दै आएको छ ।

एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । यस बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागी पनि  ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । यस बैंकले देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Read Previous

बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौः अर्थमन्त्री

Read Next

३९ मेगावाट बिजुली भारत निर्यात सुरु, दुई सय मेगावाटको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *