Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

३९ मेगावाट बिजुली भारत निर्यात सुरु, दुई सय मेगावाटको तयारी


काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बुधबारको मध्यरातपछि ३९ मेगावाट बिजुली भारतमा निर्यात सुरु गरेको छ । वर्षा सुरु भएसँगै विद्युत उत्पादन वृद्धि हुँदै गएपछि प्राधिकरणले भारतमा बिजुलीको निर्यात सुरु गरेको हो । पहिलो चरणमा निर्यात भएको बिजुली त्रिशुली र देवीघाटको बिजुली विद्युत केन्द्रबाट उत्पादित बिजुली हो ।

विद्युत प्राधिकरणका प्रवक्ता शुरेस भट्टराईले त्रिशुली र देवीघाटबाट उत्पादित ३९ मेगावाट बिजुली निर्यात सुरु गरिएको र उत्पादन बढ्दै गएपछि थप बिजुली निर्यातको लागि तयारी अघि बढाएको जानकारी दिए । उनका अनुसार, ६.२७ भारतीय अर्थात नेपाली १० रुपैयाँमा बिजुली बिक्री भएको हो ।

जुन मुल्यको हिसाबले राम्रो हो तर भारतको ऊर्जा बजार (आईआईएक्स) मा हरेक १५–१५ मिनेटमा बिजुलीको भाउ स्वचालित तवरले तोकिने हुनाले मुल्य भने फरक फरक पर्न सक्छ ।

चालु बर्षामा ३६४ मेगावाटसम्म विद्युत निर्यातको लक्ष्य राखेकोमा पहिलो चरणमा ३९ मेगावाट निर्यात सुरु गरिएको र दुई सय मेगावाटका लागि तत्काल प्रतिपष्र्धा गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म नेपालमा २२ सय मेगावाट विद्युत उत्पादन भएको छ भने माग भने साढे १६ सय मेगावाट छ । प्राधिकरणले चालु वर्षामा पाँच सय मेगावाटसम्म बिजुली खेर जाने जनाएको छ तर भारतसँग बढीमा ३ सय ६४ मेगावाटसम्म बिजुली बेच्ने गरी सम्झौता भैसकेको छ ।

३६४ मेगावाट खुल्ला बजारमा प्रतिष्पर्धामा बेच्न अनुमति पाईसकेको प्राधिकरणले थप छलफल गरी कम्तीमा ६ महिनाका लागि बिजुली विक्री गर्नका लागि पहल पनि अघि बढाएको छ ।


Read Previous

एनएमबी बैंकद्वारा सूदुर पश्चिम र कर्णालीका गाउँमा साढे ५ हजार बढी सुधारिएको चुलो वितरण

Read Next

सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ? 

Leave a Reply

Your email address will not be published.