Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने


काठमाडौं । सरकारले देशमै उत्पादित जलविद्युतको उपयोग हुने गरी हरित हाइड्रोजन तथा हरित एमाेनिया उत्पादन गर्ने घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत हरित हाइड्रोजनको प्रवर्द्धन गरी हरित एमोनिया उत्पादन गरिने घोषणा गरेका हुन् ।

उनले हरित हाइड्रोजन र एमोनियाको उपयोग गरी रसायनिक मल उद्योग स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अगाडि बढाइने पनि बताए ।  कृषिजन्य उत्पादन बढाउन देशमै रसायनिक मल उद्याेग स्थापना गर्न बजेटले हरित हाइड्राेजन र एमाेनिया उत्पादनलाई प्राथमिकतामा राखेकाे हाे ।

मुलुक जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेकाले नवीकरणीय ऊर्जाको उपयोगबाट हरित हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा उपयोग गर्ने सकिने काठमाडौं विश्व विद्यालयले गरेको अध्ययनले देखाएको छ ।

मन्त्री शमाले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत उत्पादन, प्रसारण लाइन निर्माण र विद्युतीकरणलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको पनि बताए ।


Read Previous

जोमसोमको लागि उडेको सम्पर्कविहिन तारा एयरको खोजी जारी

Read Next

मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगले छुट पाउने

Leave a Reply

Your email address will not be published.