Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

जोमसोमको लागि उडेको सम्पर्कविहिन तारा एयरको खोजी जारी


काठमाडौं । पाेखराबाट जोमसोमको लागि उडेको सम्पर्कविहिन तारा एयरको खोजी कार्य जारी छ । पोखराबाट स्थानीय समय अनुसार आइतबार बिहान ९ः५५ बजे जोमसोमको लागि उडेको तारा एयरको ट्वीन अटर नाइनएन–एइटी विमान सम्पर्कविहिन छ ।

कुल २२ (१९ यात्रु र ३ चालक) जना सहित उडेको तारा एयरको ट्वीन अटर विमानको अन्तिम पटक जोमसोम टावरसंग १०ः ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । यात्रुहरुमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् ।

त्यसपछि विमान सम्पर्क विहिन भएको खोज तथा उद्धार समन्वय केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाईएकोमा प्रतिकुल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ ।
काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको छ । मौसममा सुधार आउनासाथ हवाईमार्गवाट खोजी कार्य पुनः शुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरी सकेका छन् ।

यसैबिच तारा एयरले विज्ञप्ति जारी गर्दै सम्पर्कविहिन भएकाे जहाजकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएकाे छ । साथै, नयाँ सूचना  हुने वितिकै  विज्ञप्ति मार्फत जानकारी दिने बताएकाे छ ।

 


Read Previous

जनोपयोगी सार्वजनिक संस्थानहरूले खुद नाफा घटाए

Read Next

हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने

Leave a Reply

Your email address will not be published.