Nepal Purbadhar

बाढीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार


काठमाडौं। नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार गरिएको हो।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।

यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा फसेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।


Read Previous

अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar