Nepal Purbadhar

चांगन डिपल नेभो क्यू०५ नेपाली बजारमा, मूल्य कति?


काठमाडौं । चांगनको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारीसाधन डिपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक भएको छ। एमएडब्लु वृद्धिले नेपालमा भित्र्याएको यो गाडीको मूल्य मोडेलअनुसार ४६ लाख ९९ हजार रुपैयाँ र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

नेभो क्यू०५ मा ५१.९ किलोवाट घण्टा क्षमताको ब्याट्री, एक पटक पूरा चार्ज गर्दा ४६२ किलोमिटरसम्मको यात्रा दूरी र १२० किलोवाट क्षमताको मोटर रहेको छ। गाडीमा १६२ किलोवाटको प्रत्यक्ष धारा द्रुत चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ। यसबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने बताइएको छ।

गाडीमा सुरक्षाका लागि १८ ओटा उन्नत चालक सहायता प्रणालीसम्बन्धी सुविधा राखिएको छ। त्यस्तै, १४.६ इन्चको स्पर्श पर्दा, ५४० डिग्री क्यामेरा, ठूलो काँचको छतलगायतका सुविधा उपलब्ध छन्।

नेपाली बजारका लागि नेभो क्यू०५ मा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले पुग्छ, सो अवधिसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।


Read Previous

नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

Read Next

फोटो फिचर: १५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी वारपार गर्न बाध्य यात्रु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar