Nepal Purbadhar

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए


ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि लामो समयदेखि जारी धर्ना कार्यक्रम स्थगित भएको हो।

सहमति पश्चात् सरकारले आज बिहान ८:५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ-आफ्नो गन्तव्यतर्फ पठाएको थियो।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ ओटा बसमार्फत बिदाइ गरिएको हो।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको छ।

सरकारसँग भएको सहमतिपछि धर्ना स्थगित गर्दै ऋणीहरू घर फर्किएका हुन्।


Read Previous

ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र जनसंख्या पलायन न्यूनीकरणमा योगदान गर्छन्: मन्त्री श्रेष्ठ

Read Next

पहिरोले सडकहरू अवरुद्ध, सडक दुर्घटनामा एक जनाको मृत्यु, ईभीको ठक्करले आमाछोरीको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar