Nepal Purbadhar

बूढीगण्डकीको बाढीले पुलहरूमा क्षति, आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल पनि बगायो


काठमाडौं। गोरखामा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएको छ। बाढीले नदीमाथिका अन्य पुलमा समेत क्षति पुर्‍याएपछि विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरीका अनुसार आइतबार बिहान आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो।

बाढीले चुमनुब्री गाउँपालिका-३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका-२ तथा ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ।

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न बस्तीमा समेत क्षति पुर्‍याएको छ। नदीको तटीय क्षेत्रमा जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

बाढीबाट भएको समग्र क्षति र प्रभावित क्षेत्रमा आवागमनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।


Read Previous

बूढीगण्डकीमा बाढी बढेपछि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

Read Next

बूढीगण्डकी बाढीको कहर : चार जना बेपत्ता, प्रभावित क्षेत्रमा सतर्क रहन गृहमन्त्रीको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar