
काठमाडौं। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा कम्पनी सचिवको नियुक्ति लिन कीर्ते अनुभव प्रमाणपत्र पेस गरेको अभियोगमा राजेश पोख्रेल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले राजेशले गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडमा काम गरेको भन्दै पेस गरेको अनुभव प्रमाणपत्र झुट्टा तथा जाली भएको ठहर गरेको हो।
राजेशले २०७३ फागुन १० गते राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सातौँ तहको कम्पनी सचिव पदमा नियुक्ति लिएका थिए। उनले कम्पनीबाट २०८२ पुस २० गतेसम्म १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ बराबरको सुविधा बुझेको अख्तियारले जनाएको छ।
अख्तियारले अनुसन्धान थालेपछि उनले कम्पनीबाट राजीनामा दिएका थिए।

