Nepal Purbadhar

भोटेकोशी बाढीपीडितका लागि बेलायती गोर्खा नेपाली र रिब्डीकोट बुद्ध विहारको सहयोग


काठमाडौं। भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि बेलायती गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्ध विहार पाल्पाले आर्थिक सहयोग गरेका छन्।

दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन्।

ऊर्जा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सीएनसीबीसीले २८ लाख ९८ हजार ६७९ रुपैयाँ सहयोग गरेको मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए।

सीएनसीबीसीका तर्फबाट पूर्वसैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सीएनसीबीसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए।

त्यसैगरी रिब्डीकोट बुद्ध विहार पाल्पाले ४० हजार रुपैयाँ सहयोग गरेको छ। विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए।

दुवै संस्थाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरेका हुन्।


Read Previous

मन्त्रिपरिषद्का निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, दुई सहसचिव र नायब महालेखापरीक्षकको बढुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar