
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा आफूले दिएको भाषण सम्झिँदै पाँच वर्षअघि उठाएको विषय अझै उस्तै रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले आफूले पाँच वर्षअघि कांग्रेस महाधिवेशनमा बोलेका विषय त्यतिबेला धेरैलाई मन नपरेको र आलोचना समेत भएको बताए।
उनले त्यसबेला गाउँमा नेता पुग्दा जनताले ‘नेता आयो’ नभई ‘चोर आयो’ भन्ने अवस्था रहेको उल्लेख गरेका थिए।
लिङ्देनले पाँच वर्ष बितिसक्दा पनि आफूले त्यतिबेला उठाएको प्रश्नको अवस्था परिवर्तन नभएको बताए।
‘मैले पाँच वर्ष पहिले भनेको कुरा धेरैलाई मन परेन, आलोचना भयो। तर अवस्था उस्तै छ,’ उनले भने।

