Nepal Purbadhar

उद्धार गरिएका कर्मचारीको उपचारको सम्पूर्ण जिम्मा प्राधिकरणले लिने


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका आफ्ना कर्मचारीको उपचारको सम्पूर्ण जिम्मेवारी लिने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकले अस्पताल पुगेर उपचाररत दुवै कर्मचारीलाई प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
यसअघि नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १० दिनपछि सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दुवै कर्मचारीको सम्पूर्ण उपचारको व्यवस्था मिलाइरहेको र आगामी दिनमा पनि उपचारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


Read Previous

थप उद्धारका लागि माथिल्लो त्रिशूली-३ ‘ए’ पावर हाउसमा सेना र प्राधिकरणको टोली प्रवेश

Read Next

त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट एउटा शव निकालियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar