Nepal Purbadhar

थप उद्धारका लागि माथिल्लो त्रिशूली-३ ‘ए’ पावर हाउसमा सेना र प्राधिकरणको टोली प्रवेश


काठमाडौं। खोजी तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सञ्जोग केशीसहित नेपाली सेनाको टोली माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा प्रवेश गरेको छ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीपछि आयोजनाको पावर हाउसमा थप जनशक्ति फसेको आशंकामा उद्धार टोली परिचालन गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर केशीसहितको नेपाली सेनाको टोली पावर हाउसभित्र प्रवेश गरेर थप जनशक्तिको खोजी तथा उद्धारका लागि परिचालित भएको हो।

यसअघि नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट १० दिनपछि सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो।

उद्धारको प्रगतिबारे थप विवरण आउन बाँकी छ।


Read Previous

बाढीपछि पृथ्वी राजमार्गमा ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Read Next

उद्धार गरिएका कर्मचारीको उपचारको सम्पूर्ण जिम्मा प्राधिकरणले लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar