Nepal Purbadhar

नेपाल टेलिकमको इन्टरनेटमा ग्राहकको चाप, १७ दिनमै ११ हजार जडान, २८ हजार वेटिङमा


काठमाडौं। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवामा ग्राहकको आकर्षण बढेको छ। गत असोज ३० गतेदेखि सुरू गरिएको सेवामार्फत कात्तिक १६ गतेसम्म ११ हजार ७६४ नयाँ ग्राहक थपिएका छन्।

नेपालमा सेवा सञ्चालन गरिरहेका अन्य इन्टरनेट कम्पनीहरूले एकैपटक इन्टरने शुल्क बढाएपछि उपभोक्ता नेपाल टेलिकमको सस्तो मूल्यका प्याकेजतर्फ आकर्षित भएका हुन। सर्वसाधारणबाट इन्टरनेट सेवा महँगो भएको गुनासो आएपछि टेलिकमले सस्तो र साना प्यकेजको अफर ल्याएको थियो

नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराउन थालेको हो। टेलिकमका अनुसार नयाँ ग्राहक थपिएकामध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन्। विशेषगरी आधारभूत इन्टरनेट सेवा आवश्यक पर्ने व्यक्ति तथा परिवार यसबाट लाभान्वित भएका छन्। थोरै इन्टरनेट क्षमता आवश्यक भए पनि महँगो प्याकेज लिनुपर्ने बाध्यतामा रहेका ग्राहकका लागि सहुलियतको सेवा उपयोगी बनेको छ।

गत वर्ष कात्तिक महिनाभरि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा लिने नयाँ ग्राहकको संख्या २ हजार ९८१ मात्रै थियो। यस वर्ष असोज ३० देखि कात्तिक १६ सम्म ११ हजार ७६४ ग्राहक थपिनुले सेवाप्रति आकर्षण बढेको देखिएको छ।

यसैगरी, पछिल्लो तीन सातामा मात्रै इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन्।


Read Previous

आठ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम, यी अस्पतालबाट दिनेछन् सेवा

Read Next

तिहार र छठमा विद्युत् अवरोध हुन नदिने, सुख्खायामको तयारी थाल्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar