Nepal Purbadhar

विचाराधीन विधेयक छिटो अघि बढाउन संसदीय समितिका सभापतिलाई सभामुख अर्यालको आग्रह


काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन समितिका सभापतिहरूलाई आग्रह गरेका छन्।

बुधबार सभामुख अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गर्दै विधेयकमाथि गहन छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका हुन्।

छलफलका क्रममा उनले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियमावली र कानुनी व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएका थिए। सम्बन्धित राजनीतिक दल तथा विषयविज्ञसँग आवश्यक छलफल गरेर औचित्यपूर्ण संशोधन प्रस्ताव राख्न पनि उनले आग्रह गरे।

‘विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ। सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,’ सभामुख अर्यालले भने।

उनले समितिहरूमा विधेयकमाथि गहन र घनीभूत छलफल गरी आवश्यक निष्कर्षमा पुग्न तथा संसदीय समितिको कामलाई थप प्रभावकारी बनाउन सभापतिहरूलाई आग्रह गरेका छन्।


Read Previous

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग नेपालको आग्रह, फुकोट कर्णालीको विषयमा के भयो छलफल ?

Read Next

बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकास राज्यको महत्त्वपूर्ण दायित्व- मन्त्री सिता बादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar