
काठमाडौं। डिजिटल पार्लियामेन्ट परियोजना समन्वय तथा सहजीकरण समितिले तयार पारेको परियोजनाको अवधारणापत्र सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष पेस गरेको छ।
समितिले बुधबार नै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेसमक्ष समेत अवधारणापत्र पेस गरेको हो।
२०८३ भदौ १५ गते गठन भएको समितिलाई दिइएको कार्यादेशअनुसार समिति पूर्णता पाएको सात कार्यदिनभित्र डिजिटल पार्लियामेन्ट परियोजनाको अवधारणापत्र तयार गरी स्वीकृतिका लागि सचिवालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था थियो। तर, उक्त कार्यावधि २०८३ कात्तिक १८ गतेसम्म थप गरिएको थियो।
समितिले तयार पारेको अवधारणापत्र कात्तिक १६ गते बसेको समितिको बैठकको निर्णयअनुसार स्वीकृतिका लागि पेस गरिएको हो।

