Nepal Purbadhar

त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट एउटा शव निकालियो


काठमाडौं। दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको छ।

आयोजनाका प्रमुख आवाश ओझाका अनुसार उद्धार टोलीले सुरुङभित्रबाट एउटा शव फेला पारी बाहिर निकालेको हो। शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए।

यसअघि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरेको थियो। दुवैको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ।

भूमिगत विद्युत् गृह क्षेत्रमा थप मानिस फसेका छन् कि छैनन् भन्ने यकिन गर्न उद्धार टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।


Read Previous

उद्धार गरिएका कर्मचारीको उपचारको सम्पूर्ण जिम्मा प्राधिकरणले लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar