Nepal Purbadhar

नेपाल लाइफले बाढी पीडितका लागि सरकारलाई २ करोड ५१ लाख दियो


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

कम्पनीले उक्त सहयोगबाट विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


Read Previous

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जनाको उद्धार

Read Next

सूर्य नेपालले दियो १५ करोड, संस्थागततर्फ अहिलेसम्मकै ठूलो सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar