
काठमाडौं । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपालले सरकारलाई १५ करोड रुपैयाँ सहयोग गरेको छ।
सूर्य नेपाल प्रालिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
सूर्य नेपालको सहयोग निजी क्षेत्रबाट सरकारलाई प्राप्त अहिलेसम्मकै ठूलो सहयोग हो। यसअघि गोर्खा ब्रुअरीले बिहीबार १० करोड रुपैयाँ सहयोग गरेको थियो।
