काठमाडौं । नेपालमा रेलमार्ग निर्माणको बहस नयाँ होइन । दशकौँदेखि पूर्व-पश्चिम विद्युतीय रेलमार्गदेखि काठमाडौं–रक्सौल र केरुङ–काठमाडौंसम्मका रेल परियोजना चर्चामा छन् । उपत्यकामा मनो र मेट्रो रेलको चर्चा हुने गर्छ । तर अध्ययन, सम्भाव्यता र घोषणाको लामो शृंखलाबीच नेपालमा रेलको ठोस पूर्वाधार भने अपेक्षित गतिमा निर्माण हुन सकेको छैन। अझ काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या, सवारी चाप र साँघुरिँदै गएको सडक पूर्वाधारका कारण मेट्रो रेलको आवश्यकता झन् तीव्र बन्दै गएको छ । प्रस्तावित मेट्रो रेलका रुट, लगानीको मोडल, भूमिगत वा आकाशे संरचना तथा पटक-पटक दोहोरिने अध्ययन र डीपीआरले नेपालको रेल विकासमा नीतिगत अन्योल र कार्यान्वयनको कमजोरीलाई उजागर गरेका छन् ।
यही पृष्ठभूमिमा नेपालमा रेलमार्ग निर्माणको सम्भावना, प्राथमिकता, लगानी र कार्यान्वयनका चुनौती तथा काठमाडौं उपत्यकामा मेट्रो रेलको आवश्यकता र सम्भाव्यताबारे रेल विभागका पूर्वमहानिर्देशक तथा पूर्व रेलवे बोर्डका प्रशासकसँग बलराम मिश्रसंग नेपाल पूर्वाधारका लागि दिनेश खड्काले गरेको कुराकानी:








