
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्ना सम्पूर्ण महसुल संकलन काउन्टर बन्द रहने जनाएको छ।
प्राधिकरणको ४१औँ वार्षिक उत्सव परेकाले सो दिन अनलाइन माध्यमबाहेक प्राधिकरणका सबै महसुल संकलन काउन्टर बन्द रहने भएको हो।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, दरबारमार्ग, काठमाडौंले सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणले ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
भदौ १ गते विद्युत् महसुल बुझाउनुपर्ने ग्राहकले अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्। प्राधिकरणले वार्षिक उत्सवका कारण काउन्टर सेवा एक दिन प्रभावित हुने जनाएको छ।


