Nepal Purbadhar

नाइमा एक्स्पो: दुई पाङ्ग्रे सवारीमा ‘जेन-जी’ पुस्ता आकर्षित (तस्बीरहरू)


काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ मा दुई पाङ्ग्रे सवारीप्रति ‘जेन-जी’ पुस्ताको आकर्षण बढेको देखिएको छ।

एक्स्पोमा चार पाङ्ग्रे सवारीको तुलनामा दुई पाङ्ग्रे सवारीका स्टलमा विशेषगरी २८ वर्षमुनिका युवाको चासो बढी देखिएको छ। युवाहरू विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटरको डिजाइन, प्रविधि, मूल्य र विशेषताबारे जानकारी लिँदै गरेका देखिन्छन्।

एक्स्पोमा होन्डा, रोयल इन्फिल्ड, बजाज, ट्रायम्फ, अल्ट्राभायोलेट, केटीएम, टीभीएसलगायत ब्रान्डका दुई पाङ्ग्रे सवारी प्रदर्शनीमा राखिएका छन्।

आयोजकका अनुसार एक्स्पोमा दुई पाङ्ग्रे सवारीतर्फ १८ ओटा नयाँ ब्रान्ड सार्वजनिक गरिएका छन्। नयाँ प्रविधि, विद्युतीय सवारी र आधुनिक डिजाइनका मोटरसाइकल तथा स्कुटरले युवा पुस्ताको ध्यान खिचेको छ।


Read Previous

अटो बीमा दाबी गर्दा समस्या हुन्छ भन्ने भाष्य गलत हो: सुनिल बल्लभ पन्त

Read Next

नाइमा एक्स्पो: अटो लोनमा बैंकहरूको अफरै अफर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar