Nepal Purbadhar

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।

भेटमा प्रधानमन्त्री शाहले चीनसँग नेपालको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्तामा नेपाल-चीनबीचको सहकार्यलाई आगामी दिनमा थप प्रभावकारी बनाउने तथा आपसी हितका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।


Read Previous

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar