Nepal Purbadhar

सम्पत्ति शुद्धीकरण मुद्दा: ऋषिराज मोरसँग १ करोड रुपैयाँ धरौटी माग


काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका पूर्वअध्यक्ष ऋषिराज मोर लाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्य नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले बिहीबार थुनछेक बहसपछि मोरलाई एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणको आरोपमा ऋषिराज मोर, दीपक भट्ट, सुलभ अग्रवाल सहित ३९ जनाविरुद्ध गत जेठ २८ गते मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा कुल २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा संलग्न बिचौलिया दीपक भट्ट र सुलभ अग्रवाल भने हाल पुर्पक्षका लागि कारागारमा रहेका छन्।

मुद्दा दायर भएपछि फरार रहेका मोर बिहीबार विशेष अदालतमा उपस्थित भएका थिए। अदालतमा हाजिर भएपछि भएको थुनछेक बहसका आधारमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।


Read Previous

२४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १७३ सवारीसाधन कारबाहीमा

Read Next

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले लिए शपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar