
काठमाडौं। नेपाल सरकारले नेपाल नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व नियुक्त गरेको छ। सरकारको निर्णयअनुसार सकुन्तला प्रजापति काउन्सिलको अध्यक्ष, बिमला कुमारी साह उपाध्यक्ष र पार्वती विष्ट रजिस्ट्रार नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
नेपाल नर्सिङ काउन्सिल नर्सिङ पेशाको नियमन, दर्ता, व्यावसायिक मापदण्ड कायम गर्ने तथा नर्सिङ सेवाको गुणस्तर अभिवृद्धिसँग सम्बन्धित प्रमुख नियामक निकाय हो। नयाँ नेतृत्वसँगै काउन्सिलका नीति, सेवा प्रवाह तथा संस्थागत सुधारका कामले थप गति लिने अपेक्षा गरिएको छ।
