Nepal Purbadhar

नेपाल टेलिकमको बक्यौता महशुलमा जरिवाना छुट, पुस मसान्तसम्म तिरे छुट पाइने


काठमाडौं। नेपाल टेलिकमले कम्पनीका विभिन्न दूरसञ्चार सेवा प्रयोग गरी महशुल तिर्न बाँकी रहेका ग्राहकलाई जरिवानामा छुट दिने व्यवस्था गरेको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई उक्त बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइनेछ।

टेलिकमले यो सुविधा उपयोग गर्न सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

कम्पनीले समयमै बक्यौता नतिर्ने ग्राहकविरुद्ध भने कानुनी असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ। सूचनाअनुसार बक्यौता रकम नतिर्ने ग्राहकहरूको नाम, थर तथा विवरण कम्पनीको वेबसाइट र राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरी रकम असुल गर्ने प्रक्रिया सुरु गरिनेछ।

नेपाल टेलिकमले विभिन्न प्रकारका दूरसञ्चार सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल नतिरेका ग्राहकलाई लक्षित गरेर यो छुट योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार यसबाट ग्राहकले जरिवानामा राहत पाउने र कम्पनीले लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता रकम असुल गर्न सहज हुने अपेक्षा गरिएको छ।


Read Previous

नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदमा अनियमितता भएको छानविन समितिको ठहर

Read Next

‘हेलो सरकार’लाई एकीकृत नागरिक सेवा प्रणाली बनाइँदै, २४ घण्टाभित्र गुनासो सम्बोधन गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar