Nepal Purbadhar

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा संसद् क्यालेन्डर र कार्यसम्पादन सुधारबारे छलफल


काठमाडौं। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा सम्पन्न भएको छ।

बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको संसद् सचिवालयले जनाएको छ।

छलफलका क्रममा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाइने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन तथा संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए। साथै, सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा पनि सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

सहभागी सदस्यहरूले संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।


Read Previous

बाढी र पहिरोले तीन सडक पूर्ण र छ सडक आंशिक रूपमा अवरुद्ध, कुन सडकको अवस्था कस्तो?

Read Next

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar