Nepal Purbadhar

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर हुँदा कैलाली सदर, सात दिनभित्र अधिवेशन गर्न निर्देशन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला कार्यसमितिलाई बदर गरेको छ। जिल्ला अधिवेशन कार्यविधिले तोकेको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकाल्दै आयोगले सम्पूर्ण जिल्ला कार्यसमिति बदर गर्ने निर्णय गरेको हो।

आयोगका प्रमुख भुवन केसीका अनुसार अधिवेशन सञ्चालन प्रक्रियाबारे परेको उजुरी, उपलब्ध तथ्य–प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययनपछि कार्यविधिविपरीत अधिवेशन सम्पन्न भएको ठहर गरिएको हो।

निर्णयअनुसार अब बागलुङमा जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः अधिवेशन गर्नुपर्नेछ। साथै नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान र निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्न आयोगले निर्देशन दिएको छ।

कैलाली जिल्ला कार्यसमिति भने सदर

यता, रास्वापाको कैलाली जिल्ला अधिवेशन भने विधिसम्मत रूपमा सम्पन्न भएको आयोगले निष्कर्ष निकालेको छ।

गत जेठ २४ गते सम्पन्न कैलाली जिल्ला अधिवेशनको प्रक्रिया कार्यविधिअनुसार रहेको ठहर गर्दै आयोगले त्यहाँबाट निर्वाचित जिल्ला कार्यसमितिलाई सदर गरेको जनाएको छ।


Read Previous

मुख्य सचिवको २२ बुँदे निर्देशन : सेवा प्रवाह सुधारदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

Read Next

घरजग्गा कारोबारबाट एक वर्षमै ६१ अर्ब ७३ करोड राजस्व, लाभकर बढ्ने भएपछि १ महिनामै उठ्यो झन्डै १२ अर्ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar