
त्रिशूली–३ ‘ए’ अपडेट: सुरुङबाट एक जनाको जीवित उद्धार
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ।
उद्धार टोलीले सञ्जय साहलाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको छ।
उद्धार टोलीले अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्रबाट मानिसको आवाजसमेत सुनिएको र उद्धार प्रयास तीव्र पारिएको बताइएको छ।
