
त्रिशूली–३ ‘ए’ अपडेट: सञ्जय साहपछि कविर महर्जनको पनि जीवित उद्धा
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ।
यसअघि सञ्जय साहको जीवित उद्धार गरिएकोमा अहिले कविर महर्जनको पनि उद्धार गरिएको हो।
सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
उद्धार कार्य जारी रहेकाले सुरुङभित्र रहेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ।
