Nepal Purbadhar

नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओमा प्रभाकर थापा नियुक्त


काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रभाकर थापा नियुक्त भएका छन्।

सञ्चालक समितिले सिफारिस समितिको सिफारिसका आधारमा थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ पदका लागि परेको आवेदनमध्ये १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै थापा उक्त जिम्मेवारीमा नियुक्त हुन सफल भएका हुन्।

थापाले अब कम्पनीको समग्र व्यवस्थापन, रणनीतिक योजना कार्यान्वयन तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाको नेतृत्व गर्नेछन्।


Read Previous

अवैध र मिसावटयुक्त सामान बेच्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी

Read Next

खुसी हुँदै बाहिरिएका शेयर कारोबारीलाई त्यस्तो के भने प्रधानमन्त्रीले?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar