Nepal Purbadhar

लेदोसहितको पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध, दक्षिण बागलुङको यातायात ठप्प

फाइल तस्बीर।


काठमाडौं। बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा सोमबार बिहान लेदोसहितको पहिरो झर्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोले सडकमा क्षति पुर्‍याएपछि उक्त खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। तर लेदोसहितको पहिरो निरन्तर बगिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको उनले बताए।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिणी क्षेत्रमा चल्ने सम्पूर्ण यातायात सेवा प्रभावित भएको छ। कालीगण्डकी कोरिडोरको यस खण्डमा वैकल्पिक सडकसमेत नभएकाले सडक नखुल्दासम्म यात्रु र सवारीसाधन बाटोमै रोकिएर बस्न बाध्य भएका छन्।

सुरक्षाकर्मीले यात्रुलाई जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गर्दै सडक खुलाउने काम जारी रहेको बताएका छन्।


Read Previous

गाउँदेखि शहरसम्म विश्वकप फुटबलको माहोल, आफ्नै रंगशालाको अवस्था दयनीय- (तस्बीरहरू)

Read Next

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, कहाँ कहाँ हुँदैछ वर्षा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar