Nepal Purbadhar

अन्तरप्रदेश सार्वजनिक यातायात र मालवाहक सवारीको भाडा दुई प्रतिशतले घट्यो


काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ।

यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै नयाँ भाडादर आजैदेखि लागू हुने जनाएको छ।

विभागका अनुसार भाडा समायोजनका लागि अपनाइने स्वचालित प्रणालीअनुसार डिजेलको औसत मूल्यमा आएको कमीका आधारमा भाडादर घटाइएको हो। यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा थियो भने असार १७ गतेदेखि प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि नयाँ भाडादर निर्धारण गरिएको विभागले जनाएको छ।

यसअघि २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले बढाइएको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले अन्तरप्रदेश सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको जानकारी दिए।


Read Previous

मन्त्रिपरिषद्का १० निर्णय : गोरखापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व, शिक्षा नियमावलीदेखि राष्ट्रिय नीति स्वीकृतसम्म

Read Next

रोडमा मात्र होइन, प्रतिष्ठामा पनि ‘किङ’ : किन बढ्दै छ नेपालमा टोयोटा ल्यान्ड क्रुजरको आकर्षण?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar